लुकेको पीडा, चुकेको कानुन

जनगणनाको आधारमामा पुरुषको भन्दा महिलाको जनसंख्या बढी छ। अझै सिन हाम्रो समाजमा महिलाका हक अधिकार अनुपातिक रुपले कम नै रहेको छन। सेतो अनि निर्दोष कानुनी पुस्तकमा कालो मसिले आज सम्म जे जे लेखिएता पनि समग्रमा महिला अधिकार पौराणिक समाजिक पुरूषवादी अनि मनुबादी चिन्तनले भरिएको पितृसत्तात्मक सोचाइबाट ग्रसित पुरुषहरु वा पुरुष केन्द्रित मानसिकताबाट परिभाषित भएका छन। जसको प्रतिविम्ब सामाज, समाजिक मूल्य, मान्यता, संरचना हरेक कुरामा प्रष्ट देखिन्छ।

प्रत्येक महिलालाइ लैंगिक भेदभाव विना सम्पत्ति सम्बन्धि समान हक, महिलालाइ सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्वन्धी हक, महिला विरुद्घ धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक तथा अन्य कुनै किसिमको हिंसा वा शोषण गर्ने ब्यक्ति माथी हदै सम्मको कारबाहि सगै क्षतिपूर्ति गर्न र गराउन आजको आवश्यक्ता हो।

राज्यका सवै निकायमा महिलालाइ समानुपातिक समावेशी सिद्घान्तको आधारमा सहभागी हुने गरि महिलालाइ शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा अवसर प्राप्त गर्ने हक प्रदान गर्न गराउन आजको अनिवार्य आवस्यकता देखिन्छ। पैत्तृक सम्पित्त तथा पारिवारिक मामिलामा दम्पत्तीको समान हक जस्ता कार्यक्रमको थालनीबाट महिला सशक्तिकरणको कार्यमा ध्यानाकर्षण गर्न सक्यो भने समान ब्यवहार गरेको अनुभुति हुने थियो।

मुठ्ठी भरीका केही पुरातनवादी सोच अनि मुनुवादी शासनबाट ग्रसित अहिलेका केही पुरुष बादीहरुको एकतन्त्रिय बिभेदकारी शासनले महिलाहरुले सधै भरी पिजडाको चरा जस्तै बस्न बाध्य हुनु परेको छ। धार्मिक सामाजिक र सास्कृतिक रुपमा महिलाहरुलाई पछि पार्नु भनेको देशलाई नै पछि पार्नु हो। तसर्थ केही मनुबादीहरुले बनाएको लैङ्गिक शोषणको जन्जीरलाई तोड्न महिलाहरुलाई पुरुषहरुले पनि साथ दिई देशको प्रगती र उन्नतिको लागि एकरुप भएर संघर्ष गर्नुपर्ने देखिएको छ।

महिलालाई आत्मनिर्भर बनाउनका महिला रोजगार तथा सिप मुलक तालिम र उचित शिक्षा प्रदान गर्न सबैको ध्यानाकर्षण हुनु पर्दछ। महिलाहरुले चुलो बाल्ने र गोबर फाल्ने कामको मानसिकता बाट माथी उठ्नु सकियो भने समान ब्यवहार गरेको अर्थ हुन्छ।

लक्ष्मण पोखरेल । मेलौली नगरपालीका–६ हाल काठमाण्डौ ।

Leave A Reply

Your email address will not be published.