दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला– दार्चुलामा गोठाला गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर–५ राताकाठामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको हो ।

लेकम–५ राताकाठाकी अन्दाजी ३२ वर्षीया नन्दादेवी (कलावती) बोहराको बुधवार विहान गोठालो गएको बेला घर नजिकैको भिरबाट लडेर मृत्यु भएको मृतकका आफन्त केशव बोहराले बताए। राताकाठा भिरबाट लडेको दिउँसो मात्रै थाहा पाएको र घटनास्थलमा पुग्दा मृत अवस्थामा फेला परेको उनले बताए ।

 

Leave A Reply

Your email address will not be published.