बैतडी-जिल्ला अस्पताल बैतडीमा आज मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
आज बुधवार असार १३ गते शिविर सञ्चालन हुने अस्पतालका प्रमुख डा. दिपेश श्रेष्टले बताए ।
मानसिक रोग विशेसज्ञ आउने भएकाले सेवा लिन जिल्ला अस्पतालले मानसिक रोगको लक्षण भएका विरामीहरुलाई आग्रह गरेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्र सिंह दोबालले बताए ।
शिविरमा निशुल्क परीक्षण गरिने बताइएको छ ।