बैतडी अस्पतालमा आज मनोरोग विशेषज्ञ डाक्टर आउदैँ

बैतडी-जिल्ला अस्पताल बैतडीमा आज मानसिक  स्वास्थ्य  शिविर सञ्चालन हुने भएको  छ ।

आज बुधवार  असार  १३ गते शिविर सञ्चालन हुने  अस्पतालका प्रमुख डा. दिपेश श्रेष्टले बताए ।

मानसिक रोग विशेसज्ञ आउने भएकाले सेवा लिन जिल्ला अस्पतालले मानसिक रोगको लक्षण भएका विरामीहरुलाई आग्रह गरेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्र सिंह दोबालले बताए  ।

शिविरमा निशुल्क परीक्षण गरिने  बताइएको  छ ।

Leave A Reply

Your email address will not be published.