बैतडी -डडेल्धुरा जिल्लाको अजयमेरु गाँउापलिका ६ मा रहेको देबल मावि लाई क्याम्पस बनाउनु अहिले स्थानीयहरु जुटेका छन् । उक्त अभियानमा सर्मथन गर्दै अजयमेरु गाँउपालिका ६ का अध्यक्ष हरि सिंह भण्डारी ले १ लाख ७५ हजार सहयोग गरेका छन् ।
शुक्रबार अजयमेरुको वडा नं ५ र ६ का वाडा अध्यक्षले एक सूचना जारी गर्दै १६ गतेका लागि आम भेला बोलाएका थिए । वार्ड नं ५ का अध्यक्ष राज बहादुर पाल र वार्ड नं ६ का अध्यक्ष हरि सिंह भण्डारीले छुट्टा छुट्टै सूचना जारी गर्दै क्याम्पस स्थापना गर्न छलफलका लागि सरोकारवाला निकायलाई बोलाएका हुन् ।
सूचनामा भनिएको थियो “ उपरोक्त विषय सम्बन्धमा सुदूरपश्चिम विश्वविद्यालयको मिति २०८०र०५र०१ गतेको प्रकाशित सुचना अनुसार श्री देवल मा.वि मा स्नातक तहको क्याम्पस खोल्ने सम्बन्धि आमभेला गरी छलफल गर्नुपर्ने भएकोले सम्पुर्ण राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, टोल विकास संस्था अध्यक्ष, बुढीजिवी, शिक्षाप्रेमी, अभिभावक तथा सम्पुर्ण वडा वासीहरुमा तपसिलको मिति, समय र स्थानमा अनिवार्य उपस्थित भइदिनहुन सादर अनुरोध छ ।”
अजयमेरुको देवल माविमा यस अगाडि देखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । सो क्षेत्रमा स्नातक तहको पढाइ हुने क्याम्पस नहुँदा विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न बाहिर जानु पर्ने बाध्यता रहँदै आएको छ । विद्यार्थीले क्याम्पस नभएकै कारण पढाइबाट वञ्चित हुनुपर्ने र बाहिर जानुपर्ने समस्या समाधान गर्न स्नातक तहको क्याम्पस आवश्यक रहेको त्यहाँका स्थानीयको भनाइ छ ।