सर्पको टोकाइबाट मेलौलीका एक जना घाइते,उपचारका लागि डडेल्धुरा लगियो

बैतडी -बैतडीमा सर्पको टोकाइबाट एक जना घाइते भएका छन् । शनिबार दिउँसो मेलौली नगरपालिका–६ पोखरीका ४२ वर्षीय शंकर पोखरेल सर्पले टोक्दा घाइते भएका हुन् । घर नजिकैको बारीमा काम गरीरहेका बेला पोखरेलको खुट्टमा सर्पले टोकेको हो ।

उनलाई उपचारको लागि डडेल्धुरा लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।बैतडीमा पछिल्लो समयमा सर्पदंशका घटना बढ्दै गएका छन् ।

गएको वैशाखयता बैतडीमा सर्पको टोकाइबाट चार जनाको ज्यान गईसकेको छ । सर्पले टोकीहालेमा जिल्ला अस्पताल बैतडीमा उपचार गराउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । जिल्ला अस्पतालमा सर्पदंश उपचार केन्द्र भएकाले सर्पको टोकाइबाट घाइते भएकाहरुको उपचार हुने गरेको छ ।

तर ग्रामीण क्षेत्रमा सर्पले टोकेमा वैद्यकहाँ झारफुक गर्ने प्रचलन बढी रहेकाले नागरिकले अकालमै ज्यान गुमाउने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.