शिवनाथका साउँदको निधनपछि परिवार समस्यामा: सहयोगका लागि अपिल

बैतडीको शिवनाथ गाउँपालिका–०१ दुबला निवासी कमल सिंह साउदका जेठा छोरा तथा शिवनाथ गाउँपालिका–०३ बस्दै आएका केशब सिंह साउदको निधन भएको छ। केही वर्षयता श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित साउदको यही चैत २८ गते निधन भएको परिवारले जनाएको छ।

मृतक साउदका ६ जना सन्तान रहेका छन्। उनको निधनसँगै परिवार गम्भीर आर्थिक संकटमा परेको छ। घरमा आम्दानी गर्ने कोही नभएको र आर्थिक अवस्था कमजोर भएकाले दैनिकी चलाउनसमेत समस्या भएको स्थानीयले बताएका छन्।

यसैबीच, पीडित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ। स्थानीय अभियान्ता तथा हाल भारत पञ्जाबमा रहेका मनोजसिंह साउदका अनुसार सामाजिक सञ्जालमार्फत अभियान अघि बढाइएको हो। उनले देश तथा विदेशमा रहेका नेपालीहरूलाई सक्दो सहयोग गरिदिन आग्रह गर्नुभएको छ।

परिवारले पनि सबैमा मानवीय सहयोगको अपिल गर्दै सानो सहयोगले पनि ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेको छ। थप जानकारी तथा सहयोगका लागि मृतकका भाइ मदनसिंह साउदलाई 9354046309 मा सम्पर्क गर्न सकिने जनाइएको छ।

Leave A Reply

Your email address will not be published.