बैतडीमा एसईई नतिजा: ५१ दशमलव ३९ प्रतिशत विद्यार्थी उत्तीर्ण

बैतडी: यो बर्षको एसईईमा सहभागी भएकामध्ये बैतडीमा ५१ दशमलव ३९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी भएका ३ हजार ९ सय ३० जना परीक्षार्थीमध्ये २ हजार २० जना उत्तीर्ण भएका छन्। परीक्षामा १ हजार ९ सय १० जना ननग्रेड भएका छन्।

जिल्लाका १ सय ४० विद्यालयका परीक्षार्थीहरु परीक्षामा सहभागी भएका र ती मध्ये २२ जनाले ३ दशमलव ६० जिपीएदेखि ४ जिपीएसम्म ल्याएका छन्। यस्तै ३ दशमलव २० देखि ३ दशमलव ६० जिपीए ल्याउने परीक्षार्थीेको संख्या २ सय १२ रहेको छ। यस्तै २ दशमलव ८० देखि ३ दशमलव २० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ सय ९२ रहेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका निमित्त प्रमुख पुष्करराज शर्माले बताए।

यस्तै २ दशमलव ४० देखि २ दशमलव ८० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ सय ६९ रहेको छ भने २ देखि २ दशमलव ४० जीपीए ल्याउने विद्यार्थीको संख्या १ सय २५ जना रहेको शर्माले बताए। बैतडीमा गत बर्षको तुलनामा यो बर्ष एसईई नतिजा कमजोर देखिएको छ। गत बर्ष ५२ दशमलव २९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए।

सोमबार प्रकाशन भएको एसईईको नतिजामा देशभर ६५।९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत बर्ष ६१।८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

Leave A Reply

Your email address will not be published.