दिपक राज दिर्घायु
पुस ०३ आईतबार,२०७९
बैतडी–मेलौलीमा मातृशिशु तथा बाल्यकालीन पोषण सम्बन्धि एक दिने पुनर्ताजगी समिक्षा बैठक सम्पन्न भएको छ । सामाजिक बिकास सचेतना समाज स्वदेश बैतडीद्धारा सञ्चालीत सुआहाराको आयोजनामा आईतबार केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा समिक्षा बैठक सम्पन्न भएको हो।
मेलौली नगरपालीका–०७ का महिला सामुदायिक स्वास्थ्य स्वयंम सेबीकाहरुलाई मातृशिशु तथा बाल्यकालीन पोषण सम्बन्धिका बारेमा जानकारी गराईएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका सि–अहेब प्रताप सिह नायकले बताए।
पोषण सहजकर्ता जन्तरा भट्टले पुनर्ताजगी समिक्षा बैठकमा कुपोषणबाट बच्ने उपाय, ब्यक्तिगत सरसफाई, शिशुको बृद्धि बिकासमा आमाको दुधको महत्व, बच्चाको पाखुराको जाच लगायत मौसम अनुसार शिशुको सुरक्षा कसरि गर्ने बिषयमा जानकारी दिनु भएको थियो।