दिपक राज दिर्घायु
जेठ २५ मगंलबार,२०७८
बैतडी–मेलौलीमा सोमबारबाट बजार अनुगमन कार्य शुरु गरिएको छ। मेलौली नगरपालीका उप–प्रमुख राधा ओझाको नेतृत्वमा अनुगमन कार्य सुरु गरिएको हो।
अनुगमनको पहिलो दिन लामालेक बजार, जिरो पोईन्ट र खोका बजारमा अनुगमन गरिएको नगर उप–प्रमुख ओझाले जानकारी दिनुभयो।
अनुगमनका क्रममा पसल दर्ता, पसलमा राखिने मुल्य सुचि, म्याद नाघेका समानहरु, महङ्गी कालो बजारी भए नभएको अनुगमन गरिएको जनाईएको छ।
सोमबार अनुगमन गरिएका बजारहरुमा प्राय गरेर मुल्य सुचि नाराखेको पाईएको थियो । मुल्य सुचि नराखिएका पहसहरुमा चाडै मुल्य सुचि राख्न आग्रह गरिएको उप–प्रमुख ओझाले बताईन। त्यस्तै अनुगमन गर्दै जादा म्याद नाघेका सामग्रीहरु पनि नभेटिएको, प्राय सबै पसलहरु दर्ता गरेर नै सञ्चाल गरिएको जनाईएको छ।
अनुगनमा नगर उप–प्रमुख ओझा सगै प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम उपाध्याय, कार्यपालीका सदस्य शेरिराम पार्कि, नासु चक्रमणि जोशि, ईलाका प्रहरी कार्यालय मेलौलीका सई जनक सिह धामि सहित पत्रकारहरुको सहभागिता रहेका थिए ।
अनुगमन कार्यलाई निरन्तरता दिईने र मेलौली नगरपालीका भित्रका सबै ठाउमा गरिने नगरपालीकाले जनाएको छ।