जीवन केहो?

कतिपयले जीवनलाई एउटा संघर्षको गोरेटो मानेका छन्। भने कतिले जीवनलाई मोजमस्तीको रुपमा लिएका छन। वास्तवमा भन्ने हो भने जीवन भनेको आ—आफ्नो तरिकाले कसरी जीवन यापन गर्नेमा भर पर्छ। कतिको जीवन सुखमय हुन्छ भने कतिको दुस्खमय हुन्छ। मलाई लाग्छ जीवन भनेको एउटा फुलिरहेको फुल जस्तै हो। जसरी फुल फुलीरहदा त्यसको बासना मिठो हुन्छ। त्यस्तैगरी जीवनको पनि त्यतिकै महत्व हुन्छ।

जसरी कुनै फुल फुलिरहदा फुलको सुवास आउनुका साथै पातहरु पनि हरियो देखिन्छ। भनिन्छ नि हुने बिरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात।

मानिसको जीवन पनि त्यस्तै हो। जसको जीवन राम्ररी सुखमय बितेको छ। उनीहरु सानैदेखि नै मिहिनेती, लगनशीलताका साथ अघि बढेका हुन्छन। उनीहरुले एक दिन सफलता अवस्य पनि प्राप्त गर्दछन। जीवन भनेको दुख सुखको एउटा यात्रा हो। जसरी फुल फुली रहेको बेलामा फूललाई हावा हुण्डरीले हल्लाउने गर्दछ र कुनै समयमा त्यो फुल हावाकै कारणले पनि झर्न सक्छ।

जीवन पनि त्यस्तै हो। एकदिन मर्नैपर्छ एकदिन सबैले संसार छोड्नैपर्छ। चाहे छिटो होस या ढिलो।

जब मानिस यो धर्तीमा जन्मिन्छ तब देखि जीवनको यात्रा शुरु हुन्छ। जसरी आमाले आफ्नो छोराछोरीलाई लाखौं समस्या झेल्दै हुर्काएकी हुन्छिन्। त्यसरी नै मानिसले पनि आफ्नो जीवनमा लाखौं समस्याहरु झेल्दै जीवन यापन गरिरहेको हुन्छ।

मानिसले जीवन पनि विभिन्न तरिकाले जीई रहेका हुन्छन। कसैको जीवन सुखमय हुन्छ भने कसैको दुस्खमय हुन्छ। कति मानिसहरुले रातदिन पसिना बगाएर पनि बिहान बेलुका छाक टार्नलाई समस्या हुन्छ भने कसैले कुनै दुख नगरी पनि जीवन यापन गरिरहेका हुन्छन।

वास्तविक यो हो कि जसले जसरी जीवनयापन गरिरहेको हुन्छ। आ—आफ्नो लागि त्यहि उचित भएको हुन्छ।

जीवनमा जो कसैले पनि सपना देखेको हुन्छ। यो गर्ने, त्यो गर्ने, यो बन्ने जस्ता सपनाहरु देखेका हुन्छन्। तर कतिको सपना पुरा हुन्छ, भने कतिको सपना अधुरो नै रहन्छ। भनिन्छ, सपना नदेख्ने मानिसले कुनै लक्ष चुम्न सक्दैन तर पनि कतिले देख्दादेख्दै पनि पुरा गर्न सक्दैनन।

जीवनमा यस्ता कति कुराहरु हुन्छन। जुन गर्न चाँहादा चाँहादै पनि पुरा गर्न सकिरहेको हुदैन। मानिसको जीवनमा अनेकौं खालका समस्याहरु देखा परिरहेको हुन्छन। कतिले जीवन मृत्यु सँग लडिरहेका हुन्छन। कतिले चाहेर पनि यो संसार देख्न पाइरहेका छैनन्। भने कतिले सबै कुरावाट पूर्ण भएपनि जिउने ठाउँ पाइरहेका हुदैनन।

त्यसैले जीवन भनको जसले जसरी यापन गरेको छ त्यहि नै जीवन हो।

Leave A Reply

Your email address will not be published.