डडेल्धुरा -डडेल्धुराको परशुराम नगरपालिकामा भएको जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको दैजीबाट डडेल्धुराको रुपालतर्फ आउँदै गरेको म १ ज २३८ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको ह।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टका अनुसार भागेश्वर गाउँपालिका–२ का ५० वर्षीय बाशुदेवी तिरुवाको मृत्यु भएको हो । अन्य केही यात्रु घाइते भएका छन् । भट्टले जीप सडकमै पल्टिएको जानकारी दिए ।
जीपमा चालकसहित ११ जना यात्रु सवार थिए । सडकमा ब्याक गर्ने क्रममा जीप दुर्घटना भएको बताइएको छ । दुर्घटना परशुराम नगरपालिकाको मट्यौलामा भएको हो ।