बैतडी- सेवा निवृत शिक्षक मदनराज पन्तलाई अजयमेरु गाउँपालिका–५ पिल्कोटस्थित देवल माध्यमिक विद्यालय पिल्कोटले सम्मान सहित विदाई गरेको छ ।
विद्यालयले मंगलबार एक कार्यक्रमका बीच मदनराज पन्तलाई सम्मान पत्र सहित विदाई गरेको हो । विद्यालय प्रधानाध्यापक डम्बर बहादुर पालका अनुसार, विद्यालयमा वि.स २०४८साल देखि २०७९ माघ सम्म शिक्षक पदमा रही विद्यालयको शैक्षिक, भौतिक सुधारमा पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै सेवा निवृत शिक्षक पन्तलाई प्रधानाध्यापक डम्बर बहादुर पाल र अजयमेरु गाउँपालिका वडा न ५ का वडा अध्यक्ष राज बहादुर पालले टिका मालादोसल्ला ओेढाई एवं सम्मान पत्र सहित विदाई गरेको हो ।