बैतडी –विश्व उपभोक्ता अधिकार दिवस बुधबार विभिन्न कार्यक्रम गरि मनाइएको छ । हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवको रूपमा मनाउने गरिन्छ ।भागेश्वर गाउँपालिका डडेल्धुरा र सरस्वती माद्यमिक विद्यालयको सहकार्यमा स्वास्थ्य प्रति सधैँ सचेत रहौं भन्न्ो मुल नाराका साथ बगरकोट बजारमा विभिन्न जनचेतनामूलक नारा लेखिएका ब्यानर प्लेकार्डसहित प्रभातफेरीको आयोजना गरि मनाएको प्रमुख प्रशाशकीय अधिकृत खगेन्द्र भारतीले बताए ।
बजारमा मूल्य सूचीको व्यवस्था हुनुपर्ने, सामानहरुको म्याद नाघेको सामानहरुको विक्री वितरण नगर्ने,सरसफाईमा ध्यान दिनु पर्ने, व्यवसायीहरुलाई आधारभूत तालिम दिनुपर्ने, उपभोक्ताहरु पनि आफै सचेत हुनु पर्ने आदि विषयमा कार्यक्रम गरिएको भारतीले बताए ।
