अजयमेरु गाउँपालिकाको मगराउँमा सामुदायीक स्वास्थ्य ईकाइ सञ्चालन

बैतडी- डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ३ को मगराउँमा सामुदायिक स्वास्थ्य ईकाइ सञ्चालनमा आएको छ । शुक्रबार एक औपचारीक कार्यक्रकका बिच गाउँपालिका अध्यक्ष उमेशप्रशाद भट्टले उद्घाटन गरेका छन् ।

आधारभुत स्वास्थ्य सेवा वस्थी वस्थीमा पुगाउने गाउँपालिकाको निती अनुसार मगराउँमा पनी स्वास्थ्य ईकाइ सञ्चालन गरेको गाउँपालिका अध्यक्ष भट्टले बताए ।उद्घाटन कार्यक्रममा अध्यक्ष उमेशप्रशाद भट्ट, उपाध्यक्ष वसन्ती पाल, प्रमुख प्रशासकिय अधिकृत लाल सेटी लागयतको उपस्तीथी रहेको थियो ।

Leave A Reply

Your email address will not be published.