डडेल्धुरा-अजयमेरु गाउपालिकाले बर्षे फलफुलका बिरुवा बितरण गर्ने भएको छ। शुक्रबार एक सुचना जारी गर्दै सत प्रतिशत ढुवानी र ५० प्रतिशत अनुदानमा बर्षे फलफुलका बिरुवा बितरण गर्ने जनाएको छ।
गाउँपालिका कृर्षि बिकास शाखाको आर्थिक बर्ष २०७९/०८० को बार्षिक स्वीकृत कार्यक्रम अनुसार बर्षे फलफुलका बिरुवा बितरण गर्न लागेको प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर सेटिले बताए। फलफुल खेति गर्न चाहने कृषकहरुले जेठ २८ गतेभित्र आफुलाई आवश्यक पर्ने बिरुवाको बिवरण र ५० प्रतिशत रकम सहित वडा कार्यालय तथा कृर्षि बिकास शाखा भद्रपुरमा निबेदन पेश गर्न सकिने उनले बताए।
सुन्तला, कागति, मौसमि, अमिलो बिजुको प्रतिबोटा ४५ रुपैया, सुन्तला, कागति, मौसमि अमिलो कलमि प्रतिबोटा १५०, आँप अम्रबालि प्रतिबोटा १५०, आँप दशहरी प्रतिबोटा ९०, लिची प्रतिबोटा १२०, अम्बा कलमि प्रतिबोटा १५०, अनार बिजु प्रतिबोटा ५७ र अंगुर प्रतिबोटा १०० रुपैयामा ५० प्रतिशत अनुदान लिएर प्राप्त गर्न सकिने जनाईएको छ।
