बैतडी– बैतडीको शिवनाथमा स्थानीयलाई झुल वितरण गरिएको छ । शिवनाथ गाउँपालिका वडा नम्बर ५ ले मलेरिया रोगबाट बच्नका लागि झुल वितरण गरेको हो ।
वडा नम्बर ५ का लामाखाली, बगजेबला, सिम, कुलाकोट, बकुन्ना, डाडाकोट, गुफाडी, भाटागडा, डोसेरा, छिणा, माटागाउँ टोल गरि २५० घरधुरी लाई झुल वितरण गरिएको वडा अध्यक्ष केशव चन्दले बताए ।
वडा नम्बर ५ का उक्त टोलहरु मलेरिया रोगको उच्च जोखीम देखिएकाले लामखुट्टेको टोकाईबाट बच्न तथा मलेरिया रोगबाट जोगित १ लाख ५० हजारको लागतमा झुल वितरण गरिएको उनले बताए ।