बैतडीका नौं पालिकामा कांग्रेसको सम्मेलन सम्पन्न

बैतडी -नेपाली कांग्रेस बैतडीले जिल्लाका नौं स्थानीय तहमा पालिका सम्मेलन सम्पन्न गरेको छ । यहाँको डिलाशैनी गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहमा पािलका सम्मेलन सम्पन्न भएको नेपाली कांग्रेस बैतडीका कार्यालय सचिव अनिलकुमार विष्टले जानकारी दिनुभयो ।
डिलाशैनी गाउँपालिकामा असार २ गते पालिका सम्मेलन गर्ने तयारी भएको विष्टले बताउनुभयो । कांग्रेसले वडा,पालिका र जिल्ला सम्मेलन गरिरहेको हो ।

यहाँका नौं स्थानीय तहका ७७ वडाको सम्मेलन सम्पन्न यसअघिनै सम्पन्न भइसकेको थियो । डिलाशैनीका ७ वडाको असार २ गते र पालिकाको असार ३ गते सम्पन्न गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस बैतडीले जनाएको छ । वडा र पालिका सम्मेलनका लागि प्रत्येक पालिकामा एक÷एक जना प्रतिनिधि समेत खटाइएका थिए ।

पालिका सम्मेलन सम्पन्न भएपश्चात असार ३ गते पाटनमा जिल्ला सम्मेलनको आयोजना गरिने भएको छ । जिल्ला सम्मेलनका लागि तयारी समेत थालिएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेम चन्दले जानकारी दिनुभयो । पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वडको प्रमुख आतिथ्यतामा जिल्ला सम्पन्न हुने जनाइएको छ ।

सम्मेलनमा कांग्रेसको संगठनको अवस्था,पार्टीको संरचना,पार्टी सुदृढीकरणका लागि खेल्नुपर्ने भूमिका, संगठन बिस्तारका लागि अपनाउनुपर्ने रणनीतिका बिषयमा सम्मेलनमा छलफल हुने नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताउनुभयो । पार्टीभित्र देखिएका समस्या समाधानका बिषयमा पनि सम्मेलनमा छलफल हुनेछ । उहाँले भन्नुभयो,“वडा,पालिका र जिल्ला तहमा पार्टीको संरचना र पार्टी सुदृढीकरण, संगठन बिस्तारका लागि सम्मेलनको आयोजना गरिएको हो । यसले कांग्रेसलाई गतिशील बनाउनका लागि पनि महत्वपूर्ण भूमिका रहन्छ ।”

Leave A Reply

Your email address will not be published.