सम्पन्न भएका योजनाको भुक्तानि लिन मेलौली नगरपालिकाको आग्रह

बैतडी-यस आर्थिक बर्षमा सम्पन्न भएका योजनाहरुको भुक्तानि लिन मेलौली नगरपालिकाले आग्रह गरेको छ। आईतबार एक सुचना जारी गर्दै आर्थिक बर्ष २०७९/०८० मा सम्पन्न भएका योजनाहरुको भुक्तानि तथा अन्य भुक्तानि लिन आग्रह गरेको हो।

यहि असार १५ गतेसम्म योजनाका आवश्यक कागजपत्र तथा असार २० गतेसम्म भुक्तानि लिईसक्न प्रमुख प्रशासकिय अधिकृत सपना कार्किद्धारा जारी गरिएको सुचनामा भनिएको छ। कुनै कारणबस पालिकाले तोकेको समयमा भुक्तानि नलिएमा नगरपालिका जवाफदेहि नहुने जनाईएको छ।

Leave A Reply

Your email address will not be published.