लागुऔषध चरेशसहित बैतडीका एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैतडीको डिलाशैनी गाउँपालिका १ नानराका ५० वर्षीय कमलकुमार राना रहेका छन्।
रानालाई आज दिउँसो दार्चुलाको शैल्यशिखर नगरपालिका-९ नायलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा रानाका साथबाट एक केजी ७०० ग्राम लागुऔषध चरेश फेला परेको हो।
रानालाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।