डडेल्धुराको अजयमेरु-०६ ले शैक्षिक गुणस्तर सुधार गर्न डायरी वितरण गर्दै

डडेल्धुराको अजयमेरु गाउँपालिका–०६ मा शैक्षिक गुणस्तर सुधार गर्न डायरी बितरण गरिएको छ। शैक्षिक सिकाईको स्तरलाई सुधार गर्न शिक्षक र बिद्यार्थीलाई डायरी बितरण कार्य सुरु गरिएको वडा अध्यक्ष हरि सिह भण्डारीले बताए।

वडा कार्यालयको तर्फबाट शिक्षकहरुलाई शिक्षक डायरी र बिद्यार्थीहरुलाई बिद्यार्थी गृहकार्य डायरी बितरण गरिएको जनाईएको छ। मंगलबार देवल माबि दिब्यपुर र चेतना माबि राजुलमा शिक्षक डायरी र बिद्यार्थी गृहकार्य डायरी बितरण गरिएको वडा अध्यक्ष भण्डारीले बताए।

वडा भित्र रहेका पाचओटा बिद्यालयमा डायरी बितरण गरिने जनाईएको छ। शिक्षक, बिद्यार्थी र अभिभावकको सम्बन्ध अझ नजिक बनाउन डायरी बितरण गरिएको जनाईएको छ। बिद्यार्थीलाई दिईएको गृहकार्य डायरीमा अभिभावक र शिक्षकले सहजै रुपमा बिद्यार्थी गृहकार्य गतिबिधि हेर्न सकियोस भनेर डायरी बितरण गरिएको वडा अध्यक्ष भण्डारीले बताए।

वडाको यो कार्य स्वागतयोग्य रहेको अभिभावकहरुले बताएका छन। शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न वडाले बेला-बेलामा यस्ता कार्य गर्नुपर्ने अभिभावकहरुको भनाई रहेको छ।

Leave A Reply

Your email address will not be published.