डडेल्धुराको अजयमेरुमा गरिब तथा बिपन्न बर्गलाई बाख्रा वितरण गरिएको छ। अजयमेरु गाउँपालिका-०५ देवल दिव्यपुर र वडा नः ०६ राजुल जनचेतनामा बाख्रा वितरण गरिएको वडा नः ०६ का वडा अध्यक्ष हरिसिह भण्डारीले बताए।
गरिब सगं विश्वेश्वर कार्यक्रम अन्र्तगत बाख्रा वितरण गरिएको जनाईएको छ। दुईटै वडाका दश/दश परिवारलाई एउटा/एउटा बाख्रा बितरण गरिएको वडा अध्यक्ष भण्डारीले बताए। जिवन यापन गर्नका केहि सहज होस भनेर बाख्रा वितरण गरिएको जनाईएको छ।
बाख्रा वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बसन्ती पाल सहित सम्बन्धि वडाका जनप्रतिनिधि र स्थानियहरुको उपस्थिति रहेको थियो। गरिव र बिपन्नको जिवन यापन गर्नमा सहयोग पुगोस भनि बाख्रा वितरण गरेकोमा स्थानियहरुले धन्यबाद ज्ञापन गरेका थिए।
