बैतडी-मेलौली नगरपालिका वडा न ९ विशालपुरमा सार्वजनिक सुनुवाई तथा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मेलौली नगरपालिका वडा न ९ वडा कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो।
सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै वडाअध्यक्ष लोक राज भट्टले जनताका सवै खालका अपेक्षा पुरा गर्ने गरी काम गरीरहेको जानकारी दिए। जनताबाट आएका गुनासाहरु सम्बोधन गर्नु आफ्नो कर्तब्य रहेको उल्लेख गर्दै वडाका सवै विकास योजनाहरुमा पारदर्शीता हुनुपर्ने धारणा राखे।
उपभोक्ता समितिहरु मार्फत र ठेक्का मार्फत सञ्चालन हुने स्थानीय, प्रदेश र संघका सवै योजनाहरुमा पारदर्शीता र दुरदर्शीता कायम गराउन आफूले निरन्तर पहल गरीरहेको भटट्को भनाई छ। उनले सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै आफूले नगरपालिकाबाट मात्र नभई संघ र प्रदेश सरकारसंग समेत समन्वय गरी वडा न ९ मा धेरै ठूला योजनाहरु भित्राउनका लागि पहल गरीरहेको उल्लेख गरे।
वडा कार्यालयले आर्थिक बर्ष २०७९/०८० मा सञ्चालीत योजनाहरुको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरेको हो। सार्वजनिक सुनु्वाई कार्यक्रमका सहभागीहरु वडा कार्यालयबाट प्राप्त हुने सेवा तथा सुविधाहरुको सन्तुष्टि, वडामा सञ्चालीत विकास योजनाहरुको अनुगमन तथा सडक, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका विषयमा प्रश्नहरु सोधेका थिए।
कार्यक्रममा वडा सदस्यहरु, वडा सचिव, स्वास्थ्य चौकी प्रमुख, विद्यालयका प्र.अ विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सेवाग्राहीहरुको सहभागिता रहेको थियो।