मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बैतडीमा अन्तरक्रिया

बैतडी -नेकपा एमालेका पूर्वमहासचिव मदनकुमार भण्डारीको जन्मजयन्तीको अवसरमा बैतडीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । ‘जनताको बहुदलीय जनबाद, आजको सान्दर्भीकता’ विषयमा खन्तरक्रिया कार्यक्रम गरिएको हो ।
एमालेका केन्द्रिय कमिटि सदस्य लिलाधर भट्ट, पार्टी जिल्ला कमिटि उपसचिव तथा मदन भण्डारी फाउन्डेसनका केन्द्रिय सदस्य सरस्वती नेपाली लगायत एमालेका जिल्ला कमिटि सदस्य तथा पार्टीका बिभिन्न भूमिका रहेका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको जिल्ला कमिटि सचिवलालय सदस्य बलभद्र दयालले जानकारी दिए ।
जनताको बहुदलीय जनबाद तात्कालिन नेकपा एमाले आफनो मार्गदर्शक सिद्धान्तको रुपमा अपनाएको बिषय हो । प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्ने र आवधिकरुपमा जनताबाट अनुमोदित हुनुपर्ने बिषयका साथै पार्टीभित्रको लोकतान्त्रिकरणलाई समेत महत्वका साथ उठाइएकोले पार्टीभित्रमात्र होइन विरोधीहरुले समेत उहाँको विचारलाई मानेको पाइन्छ ।वि सं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका भण्डारीको वि।सं। २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा दुर्घटनामा परी निधन भएको थियो ।

Leave A Reply

Your email address will not be published.