बाजुरामा जीप दुर्घटना हुदा ७ जना घाईते

बाजुरा -बाजुरामा जीप दुर्घटना हुदा ७ जना घाईते भएका छन् । जिल्लाको बुढीनन्दा नगरपालिका–१ पिपलडालीमा सुदूरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप बिहीबार दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् ।

जीप दुर्घटनामा परी घाइते हुनेहरुमा मुगुको खत्याड गाउँपालिका वडा नं ९ का १४ वर्षका असल परियार, सोही ठाउँका ३० वर्षीय पुन्न सार्की, ३० वर्षीय नन्दकृष्ण सार्की, ४९ वर्षका कृष्ण बहादुर सार्की, हिमाली गाउँपालिका ४ का ३५ वर्षीय छम्मा सुनार र वडा नं ६ का १८ वर्षीय मान बहादुर सार्की रहेका छन् ।

उनीहरुको अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको बताएको छ । आज९बिहीबार० दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको जीप सडक छेउमा साइड दिने क्रममा सडकबाट करिब तीन मिटर तल खसेको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.