तरुण दल केन्द्रीय समितिमा सुदूरपश्चिमबाट ३५ जना मनोनित (नामावलीसहित)

नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलको केन्द्रीय तदर्थ समितिमा सुदूरपश्चिम प्रदेशका ३५ जना मनोनित भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चार सय जनालाई नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति सदस्यमा मनोनित गरेकोमा सुदूरपश्चिमबाट ३५ जना समितिमा अटाएका हुन्।

सबैभन्दा बढी कैलालीबाट ९ जना केन्द्रीय सदस्यमा मनोनित भएका छन्। यस्तै कञ्चनपुरबाट ३ जना, अछामबाट तीन जना, डोटीबाट ४ जना, बैतडीबाट २ जना, बझाङबाट ४ जना, दार्चुलाबाट २ जना, डडेल्धुराबाट ४ जना र बाजुराबाट ४ जना मनोनित भएका छन्। विद्वान गुरुङको अध्यक्षतामा गठित तरुण दलको केन्द्रीय तदर्थ समितिमा चारसय सदस्यहरु मनोनित गरिएका हुन्।

Leave A Reply

Your email address will not be published.