देउडा गित रङ्गी रुमाल–०२ ‘मन पड्याकि मुन्नी’ सार्बजनीक

बैतडी-करिब आठ महिना अगाडी बजारमा आएको देउडा गित ‘रङ्गी रुमाल’को भाग २ (मन पड्याकि मुन्नी) सार्बजनीक भएको छ। देउडा सर्जक रमेश धामी मायालुको लोक देउडा गित मन पड्याकि मुन्नी साबजनीक भएको हो।

शुक्रबार सम्झना म्यूजीक फिल्मस् युटुब च्यानलबाट गित भिडियो सहित सार्बजनीक भएको छ। गितमा पछिल्लो पुस्ताले सार्बाधिक रुचाईएका लोक तथा देउडा गायक सेरी औजी र चर्चित लोक देउडा गायिका रेखा जोशीको स्वर रहेको छ।

गितमा लय शब्द रमेश धामी मायालुको रहेको छ भने शब्द सहयोगि भानुभक्त जोशि रहेका छन। दिपक संगम बिसिले एरेन्ज गरेको गित मधुबाला रेकर्डिङ स्टुडीयोमा रेर्कर्ड गरिएको हो।

गितको भिडियोमा झरना बोहरा र नरेश कुमार एमले अभिनय गरेका छन। भिडियोलाई बिनोद भण्डारी र राजु बिष्टले खिचेका हुने भने थापा कमल बिवेकले निर्देशन गरेको गायक औजीले बताए। आर के.बि म्यूजीक भिडियो स्टुडीयोले निर्माण गरेको भिडियोलाई माया गरिदिन गायक औजीले सबै दर्शक तथा स्रोतलाई आग्रह गरेका छन।

भिडियो हेर्न तलको लिङ्कमा क्लीक गर्नुहोला ।

Leave A Reply

Your email address will not be published.