मेलौलीका नरेन भट्टको उत्कृष्ट शतकमा एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले मलेसियालाई २५३ रनको बिशाल लक्ष्य दिएको छ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतीमा २५२ रन बनायो ।
जसमा नरेनले ८९ बलको सामना गर्दै ११२ रनमा अविजित रहे। यस्तै निरज कुमार यादवले ४७ रनको योगदान गरे। मलेसियाका लागि मोहम्मद अक्राले ३ विकेट लिए।
नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ। मलेसिया भने घरेलु मैदान र समर्थकको साथमा नेपाललाई हराउने दाउमा छ। नेपालले सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रन र मलेसियाले हङकङलाई ७८ रनले स्तब्ध पार्दै फाइनलमा पुगेको हो।