बैतडी– बैतडीको मेलौली नगरपालिका वडा नम्बर २ ले सार्वजनिक सुनुवाई गरेको छ ।
वडा कार्यालयको आर्थिक वर्ष २०७९/८०को सार्वजनिक सुनुवाई तथा समिक्षा कार्यक्रम गरिएको जनाइएको छ ।

बुधबार वडा अध्यक्ष कृष्णदत्त भट्टको सभाध्यक्षमा सार्वनिक सुनुवाई कार्यक्रम गरिएको को । वडाको आयोजना र सामुदायिक रेडियो मेलौली एफएम १०१.२ मेगाहर्जको सहजिकरणमा उक्त सुनुवाई कार्यक्रम सम्पन्न भएको अध्यक्ष भट्टले बताए ।

उक्त कार्यक्रममा वडा सचिव भानि चन्दले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबासीले प्रश्नहरु गरेका थिए भने प्रश्नको जवाफ वडाअध्यक्षले दिएका थिए ।

यस्तै वडाले विपद व्यवस्थापन समुदायस्तर समिति समेत गरेको छ । ७ जनाका सदस्यता गठन गदै समिति गठ गरिएको वडा अध्यक्ष भट्टले बताए ।