कैलाली– कैलालीमा एक पुरुष र एक महिला पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरमा २६ वर्षीया गंगा भट्ट र २८ वर्षिय तोयनाथ ओझा मृत भेटिएको प्रहरीले जनाएको छ ।
तारानगरमा डेरा गरी बस्ने गंगा झुण्डिएको अवस्थामा बेहोस भेटिएपछि उनका श्रीमानले सेती प्रादेशिक अस्पताल पुगाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनी कञ्चनपुरको भीमदत्त नगरपालिका–९ घर भएर धनगढीमा श्रीमानसँगै बस्दै आएकी थिइन् ।
उनका दुई जना छोराछोरी छन् । तोयनाथ पनि आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले बताए ।
ओझालाई मृत भेटाएपछि प्रहरीलाई खबर गरिएको थियो । मृत भेटिएका भट्ट र ओझाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । दुवै जना मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।