डडेल्धुराको अजयमेरु गाउँपालिकाले शनिबार पनि सेवा दिने

बैतडी । डडेल्धुराको अजयमेरु गाउँपालिकाले सार्बजनीक बिदाको दिन पनि सेवा दिने भएको छ। आर्थिक बर्ष २०७९/०८० मा सञ्चालन रहेका योजनाहरुको भुक्तानिको लागि यहि असार २३ गते शनिबारको दिन पनि सेवा दिने जनाईएको छ।

शनिबारको दिन गाउँपालिकाको कार्यालय र बैकिंङ्बाट कामकाज सञ्चालन गरिने निमित्त प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर सेटीले जारी गरेको सुचना मार्फत जानकारी गरिएको छ। गाउँपालिकाको यो कार्य प्रति आम नागरीक खुसि भएका छन।

Leave A Reply

Your email address will not be published.