मेलौली बस दुर्घटना अपडेटः एकको मृत्यु,गम्भीर १६ जना रेफर

बैतडी– बैतडीको मेलौलीमा आज दिउँसो भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारी रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मृत्यु भएको हो ।

यस्तै दुर्घटनामा परेर अन्य ३९ यात्रु घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका १६ जनालाई डडेल्धुरा अस्पताल रेफर गरिएको छ ।

अन्य घाइतेको मेलौलीमा उपचार भइरहेको छ । घाइतेहरुको परिचय खुल्न सकेको छैन् ।
पञ्चेश्वरबाट महेन्द्रनगर जादैं लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दिउँसो १ बजे मेलौली नगरपालिका ७ स्वाखानीमा दुर्घटनामा परेको हो ।

सडकबाट ४०० मिटर तल खसेर रुखमा अड्किएको बस दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.