बैतडी । मेलौलीमा भएको बस दुर्घटनाको पूर्ण बिवरण आएको छ। पूर्ण बिवरण अनुसार बसमा ४४ जना सवार रहेका देखिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो।
सवार ४४ जनामध्ये १ जनाको मेलौलीमै मृत्यु भएको र ४३ जना घाइते भएका छन् । घाइते ४३ जनालाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको छ।
४१ जनाको डडेल्धुरामा उपचार शुरु गरिएको छ भने दुई जनालाई त्यहाँबाट नि धनगढी रेफर गरिएको छ रेफर गरिनेमा बैतडीको शिवनाथ गाउँपालिका ३ का ३५ वर्षीय गोरख साउँद र शिवनाथ १ का ५५ वर्षीय मनबीरसिंह साउँद रहेका प्रवक्ता खत्रीले बताउनुभयो।
पञ्चेश्वरबाट महेन्द्रनगर जादैं गरेको लु२ ख २०११ नम्बरको बस सोमबार दिउँसो १ बजे दुर्घटनामा परेको थियो। दुर्घटनामा पञ्चेश्वर गाउँपालिका-६ का २८ वर्षीय उमेश भण्डारीको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको थियो।
सडकबाट ५० मिटर तल खसेको बस रुखमा अड्किएको छ। ओरालो सडकमा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
घाइतेहरुको पूर्ण विवरण:-

मनबिर सिंह साउद हैन सर मन्दिर सिंह साउद शिवनाथ एक भल्ल्या हो हजुर म उहाकै छोरा शंकर सिंह साउद