बैतडी । हिजो मेलौलीमा भएको बस दुर्घटनामा परि घाईते भएकाहरु मध्ये २५ जनालाई डिस्चार्ज गरिएको छ। मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा पठाइएका २५ जनालाई उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
यस्तै ६ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। यसैगरी डडेल्धुरा अस्पतालमा १४ जना उपचाररत रहेका छन। एक जनाको भने हिजो नै मेलौलीको केशरपुरमै निधन भईसकेको थियो। बसमा सवार जम्मा ४६ जना रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि डडेल्धुरा अस्पतालमा उपचाररत, धनगढी रेफर गरिएका र डिस्चार्जहरूको नामावली!

