बैतडी । लेखक रेभ.डा.नरिराम लुहार (बिनोद) को ११ औ किर्ती बजारमा आएको छ। मङ्गलबार कंचनपुरको भिमदत्त नगरपालिका–०९ मा रहेको ख्रीस्ट महिमा मंडलीमा आयोजित कार्यक्रममा भिमदत्त नगरपालिकाका नगर–प्रमुख पदम बोगटीद्वारा विमोचन गरिएको हो।
लेखकले यो किर्ती सेकुलर अध्ययनका लागि समेत रहेको बताएका छन। लेखकले थुप्रै पुस्तक यस अघि पनि बजारमा ल्याइसकेका छन।
असफलताको कारण धेरै किशोर–किशोरीहरुले तनाव, लज्जास्पद अवस्था भएर आत्महत्या गर्ने, कुलतमा फस्ने जस्ता घटनाहरु न्यूनीकरण गर्नका लागि लामो सोधकार्य र अनुसन्धान पछि “प्रभावकारी अध्ययन पद्धति” नामक यो पुस्तक लेख्न बाध्य भएको लेखकले बताए।
पुस्तकमा अध्ययनको सही आरम्भ कसरी गर्ने? अध्ययनको आयोजना कसरी गर्ने? अध्ययनमा आरोग्यताको महत्व केहो? अध्ययनको लागि अनुकूल वातावरण कसरी सिर्जना गर्ने? प्रभावकारी अध्ययन गर्ने तरिकाहरु के–के हुन? आफ्नो स्मरण शक्तिलाई कसरी बढ़ाउन सकिन्छ? प्रभावकारी अध्ययन विधिहरु के–के हुन? परीक्षाको समयमा तयारी कसरी गर्ने? र सोधप्रबन्ध कसरी लेख्ने भन्ने विषयवस्तुहरुलाई समेटेर तयार पारिएको लेखक लुहारले बताए।
लेखकले भनेका छन् “यस पुस्तकले विद्यार्थी परिवार, समाज, राष्ट्रमा आमूल परिवर्तन ल्याउनेछ भन्ने आशा राखेको छु। यस पुस्तकको अध्ययन पश्चात् एक कमजोर विद्यार्थी पनि प्रभावकारी विद्यार्थी बन्न सफल हुनेछ, त्यसको आत्मविश्वास बढ्नेछ, आफ्नो लक्ष्यलाई निर्धारित गरी सरलताका साथ लक्ष्यलाई प्राप्त गर्न सक्नेछ।
यी पद्धतिहरुले मेरो जीवनलाई नै परिवर्तन गरेको छ, मेरो अध्ययन गर्ने तरिका नै बद्लिएको छ। जुन–जुन विश्वविद्यालयहरुमा मैले यो विषयमा अध्यापन गराएँ त्यहाँ ठूलो प्रभावलाई देख्न म सफल भएँ तसर्थ यो प्रभाव प्रत्येक नेपाली विद्यार्थी र मेरो राष्ट्रमा पनि परोस् भनेर राष्ट्र हितका लागि गर्ने जमर्को गरेको छु।
त्यस्तै कार्यक्रममा भिमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, नेपाली कांग्रेस कञ्चनपुर जिल्ला सचिव भिम भट्ट, क्षेत्र नं.३ नेपाली कांग्रेसका सभापति केशब चन्द, क्षेत्र नं. ३ का सचिव उमेश जोशी, भिमदत्त नगर वडा नं.९ का वडा अध्यक्ष गगन सिंह कार्की, ९ नं. वडा सदस्य नरी सिंह महता, समाजसेवी श्री प्रेम सिंह बुढ़ा, कञ्चनपुर इसाई समाजका सल्लाहकार बल बहादुर पाख्रिन, ख्रीष्ट महिमा मण्डलीका संस्थापक सदस्य दुर्गा देवी लुहार लगायत अन्य थुप्रै व्यक्तीको पनि सहभागिता रहेको रहेको थियो।
को हुन् रेभ. डा. नरिराम लुहार (बिनोद)?
रेभ. डा. नरिराम लुहार (बिनोद) कञ्चनपुर जिल्लाको ब्रह्मदेव गाउँमा जन्मनुभएको हो। बाल्यकाल आफ्ना आमा बुबासँगै भिमदत्त नगरपालीका–०९ ब्रह्मदेव, कञ्चनपुरमा बिताउनुभयो। उहाँले व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरी भारतबाट इन्डियन इन्स्टीच्युट आँफ मेसोलोजीबाट २०५९ सालमा बि.टिएच. र २०६७ सालमा वर्ड बाइबल इन्स्टीचयुट भारतबाट एम.टिएच हासिल गर्नुभयो।
त्यसैगरी अमेरिकाको युनाइटेड नेशन्स युनिभर्सिटी फर ग्लोबल पिसबाट २०७२ सालमा ख्रीष्टयन लिडरसिपमा उहाँले पिएच.डी.गर्नुभयो।
अवसरबाट वञ्चित तथा सम्पुर्ण विद्यार्थीहरू लाइ सम्झनुहुने रेभ. डा. नरिराम लुहार (बिनोद) नेपाल र भारतका विभिन्न जिल्ला पुगेर नेपाली र भारतयी विविध जनजीवनको प्रत्यक्ष अनुभव गर्नुभएको छ। विभिन्न विभिन्न विश्वविद्यालयहरुमा प्राध्यापन, तालिम र सेमिनारहरु गरी रेभ. डा. लुहार सभा, सम्मेलन, गोष्ठीका प्रखर तथा प्रेरक वक्ता हुनुका साथै अगुवापनमा सहजकर्ताको भूमिका निर्वाह गर्दै आउनुभएको छ।
रेभ. डा. नरिराम लुहार (बिनोद) हाइ रेन्ज बुक अफ वल्र्ड रेकर्डस्बाट परोपकारी कार्य गरे बाफत् स्वणर् पदकबाट सम्मानित हुनुभएको छ। १२ घण्टा २२ मिनेट सम्म लगातार रपमा बाइबलको शिक्षा दिनुभएको कारण हाइ रेन्ज बुक अफ वल्र्ड रेकर्डस्मा आफ्नो नाम दर्ता गरी स्वणर् पदकद्वारा सम्मानित हुनुभएको छ। साथै विश्वव्यापी समाजमा सामुदायिक र मानवीय क्षेत्रमा सेवा पु¥याउनु भएको कारण युनिभर्सिटी अफ डिशाईपलसिप इन्स्टिच्यूट फर अपोष्टलिक मिनिष्ट्रिजले उहाँलाई “ग्लोबल पिस अवार्ड” र “युनिभर्सल सुपर स्टार” को पदवीले तथा एमबीएलए ट्रष्टद्वारा सञ्चालित विश्वव्यापी प्रशिक्षक सम्मेलनमा उहाँलाई “राष्ट्रिय शिक्षा रत्न अवार्ड–२०२१” र “ग्लोबल बेष्ट प्रोफेसर गोल्डन पीकक अवार्ड–२०२१”को पदवीले सम्मानित गरेको छ।
रेभ.डा.लुहार एक विछट्टै तथा समय–सापेक्षिक र इसाई जगतको साहित्यिक विधामा पनि कलम चलाउनुहुन्छ। हालसम्म उहाँ ईश्वरशास्त्रिय बाइबलसम्मत् १० वटा पुस्तकहरु प्रकाशनमा ल्याइसक्नुभएको छ। ती ज्ञानबद्र्धक, रोचक, आशिषमय तथा महत्त्वपूर्ण पुस्तकहरुलाई संसारभरिका करिब ४५ भन्दा बढ़ी देशहरुमा नेपाली–भाषी मण्डली तथा विद्यार्थीहरुले अध्ययन गरिरहनु भएको छ। साथै विभिन्न बाइबल कलेजहरुले पनि यी पुस्तकहरुलाई आफ्नो पाठ्यक्रममा समावेश गरी पठन–पाठनको कार्य गराइरहनु भएको छ। हाल उहाँ आफ्नी पत्नी र २ छोराहरुको साथ भिमदत्त नगर, कञ्चनपुरमा बसी मानवीय र सामाजिक सेवाकार्य गर्दै आइरहनु भएको छ।