बैतडी – मेलौली नगरपालिका–०७ बनालीकि स्वर्गीय कमला चन्दको परिवारलाई सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड पाटन परिवारले आर्थीक सहयोग हस्तान्त्रण गरेको छ ।
समवेदना फोटोसहित १० हजार नगद हस्तान्त्रण गरिएको सीवाईसी नेपालका कानिष्ठ साहायक मनोज भाटले बताए ।
शिवनाथ महिला आत्मनिर्भर केन्द्रकि सदस्य समेत रहेकी चन्दको आँप टिप्ने क्रममा रुखबाट खसेर मृत्यु भएको थियो ।
चन्दको ९ दिनको पुण्य तिथिमा सीवाईसी नेपालका सुदूरपश्चिम प्रदेश प्रमुख राजेन्द्र थारु, पाटन शाखा प्रमुख राजु नेपाल, कानिष्ठ साहायक मनोज भाटले घरमै पुगेर सो रकम हस्तान्त्रण गरेको हो ।