बैतडीमा ट्याक्टर दुर्घटनाः चालकको घटनास्थलमै मृत्यु

बैतडी -बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–२ बाट गिट्टी बोकेर गुइनडातर्फ गइरहेको सुप प्र ०१ –००२ त ६३८९ नम्बरको ट्याक्टर सोमबार बेलुकी करिब ७ बजे दशरथचन्द नगरपालिका ६ को सनकट्या भिरमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर ट्याक्टर चालक कैलाली घर भएका सुरेन चौधरीको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो।
ट्याक्टर सनकट्या भिरबाट करिब तीन सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन् । प्रहरीको टोली घटनास्थल पुगेको छ ।

Leave A Reply

Your email address will not be published.