बैतडी । डडेल्धुराको अजयमेरु गाउँपालिका-०५ गालकि पशुपति देबि खड्काको मृगौलामा समस्या देखिएको छ। अस्पताल स्रोतका अनुसार एक मृगौला खराब भईसकेको र अर्खो मृगौलामा पनि खराबी हुन सुरु भएको जनाईएको छ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण पशुपतिको उपचारमा समस्या भएको श्रिमान राज सिह खड्काले जानकारी दिए। अस्पतालले चाडै अप्रेशन गर्नुपर्ने भनेका कारण आर्थिक समस्या भएको उनले बताए।
मृगौला पिडित खड्काको सेति प्रादेशिक अस्पताल धनगढीमा उपचार सम्भव नभएपछि काठमाडौंको टिचिङ हस्पिटलमा रेफर गरिएको छ। हालसम्म करिब ५ लाख रुपैया खर्च भईसकेको जनाईएको छ।
अस्पतालले एक मृगौला फेर्न करिब १० देखि १२ लाखसम्म खर्च लाग्ने र दुईटै मृगौला फेर्न २२ लाख जति लाग्ने भनेपछि उपचारमा समस्या भएको पारिवारीक स्रोतले जनाएको छ।
घरमा कोहि पनि कमाउने नभएको र दैनिक ज्यालादारी गरेर बिहान बेलुका छाक टार्नु पर्ने अवस्थाको मान्छेले यति धेरै पैसा कसरि जुटाउने भनेर चिन्ता बढेको परिवारले बताएको छ। (एकले थुकि सुकि, सयले थुकि नदि) भने जस्तै सानो सानो सहयोग गरिदिन सबैमा परिवारले आग्रह गरेको छ।
सहयोग गर्नका लागि ग्लोबल बैँक अजयमेरु शाखा डडेल्धुरामा रहेको राज सिह खड्काको खाता नम्बर १४४०७०१०००१४३४ मा सहेको सहयोग गरिदिन आग्रह गरिएको छ। थप केहि बुझ्का लागि ९८४५०४१६७६ मा फोन गरेर बुझ्न सकिने छ।