अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
आईतबार जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं ४ कालिकास्थानमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुदाँ १ जनाको मृत्युु भएको हो । मृत्यु हुनेमा पञ्चदेवल बिनायक नगरपालिका वडा नं ६ का बिर्ख बिक रहेका छन् ।
ट्रयाक्टर दुर्घटनामा परी २३ जना घाइते भएका छन् । २३ मध्ये ४ को अवस्था गम्भिर रहेको छ भने १९ जनाको अवस्था सामान्य रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।