बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिका–०४ कनिना डङाका १४ वर्षिय रमेश भट्ट अझै फेला परेका छैनन्। विगत ४ दिनदेखि सम्पर्क बिहीन भएका भट्ट अझै फेला नपरेको पारिवारिक श्रोतले जनाएको छ।
सुस्त मनस्थिति भएका उनि आईतबार दिउसोबाट सम्पर्क बिहीन रहेको उनका बुवा माधब भट्टले जानकारी दिए।
साथै आज बुधबार दिउँसो सम्म पनि खोज तलास गर्दा कतै नभेटिएको बालकका दाइ बिरेन्द्र भट्टले बताए। हराएको रमेशलाई कहि कतै देखेमा नजिकैको प्रहरी चौकि अथवा ९८६८७४४२६७ मा खबर गरिदिन आग्रह गरिएको छ।
प्रहरि पनि उनको खोजि कार्यमा जुटेको छ।