रुपा नेपाली
डडेल्धुराको भागेश्वर गाउँपालिका-२ रुपालका वडा अध्यक्ष उपेन्द्र जोराले गौरा र रुपालको जोगेनी जात्रा पुर्व रुपाल जोड्ने सबै अवरुद्व सडक सुचारु गरिने बताएका छन। डडेल्धुरा वगरकोट, सिराड, शिर्ष हुदै रुपाल जोड्ने सडक खण्ड र टपुवा बिर्खम रुपाल जोड्ने सडक खण्ड सुचारु गरिने उनले जानकारी दिए।
त्यसैगरि भागेश्वर-३ लामिकाण्डे, वोगटा सतिगाउ हुदै रुपाल र लामिकाण्डे विप्लम हुदै रुपाल जोड्ने सडक खण्ड पनि सुचारु गरिने उनले वताए।
हरेक तेस्रो वर्ष विश्वकै अलौकिक जात्रा रुपालको वडा. न २ जागेनी डाडाँमा मनाईन्छ। गौरा विर्सजनको भोलीपल्ट जोगेनी जात्रा रुपालमा पर्ने भएकाले यो रुपाल र रुपालीका लागि गौरवको जात्रा पनि मानिन्छ।
जोगेनी जात (जात्रा) मा रुपाल वाट नौकरी, अध्ययनको शिलशिलामा रुपाल बाहिर रहेका रुपाली मात्र नभई छिमेकी पालिका, छिमेकी जिल्ला, छिमेकी राष्ट भारतवाट पनि दर्सकहरु आउने गरेका छन। यसरी यो जात्रा र गौरा सहित चाडपर्वहरु सुरु हुने भएकाले पनि सडक यातायात मुख्य भएकाले अवरुद्व सडक सुचारु अभियान सुरु गरिने उहाँले वताए।
छिमेकी परशुराम नगरपालिका जोगबुडाका मेयर भरत वडायर जोशी र परशुराम वडा.न ३ का अध्यक्ष नरेश खवाससगं पनि छलफल भएको वडा अध्यक्ष जोराले बताए। वर्षा रोकिए लगत्तै रुपालको जोगेनी जात्रा र गौरा पर्वमा यात्रुहरुको सहजताका लागि जोगबुडा, शिर्ष, रुपाल अवरुद्व सडकखण्ड सरसफाई गरि सहयोग गरि दिन आग्रह गरिएको उनले बताए।
वर्षाले अवरुद्व गाउँपालिका भित्रका र अन्य पालिका वाट जोड्ने सडक सुचारु गर्न पालिका तत्पर रहेको गाउँपालिका अध्यक्ष हेमराज चटौतले जानकारी दिए। उहाँका अनुसार यो वर्ष जेष्ठको दोस्रो साता देखीको निरन्तर वर्षा रोकिएको छैन, बर्षा रोकिए पछि पालिका तिब्र रुपमा गौरा, तिज, दशै, तिहार जात्रा मेलालाई लक्षित गरि सडक सुचारु गरिने छ, उनले भने।