डडेलधुरामा अटो रिक्सा दुर्घटना : दुई जनाको मृत्यु, एक जना घाइते

डडेलधुरा-डडेलधुरामा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति भीमदत्त राजमार्ग अन्तर्गत डडेलधुराको हगुल्टे लेकमा अटो रिक्सा दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा सवार वीर बहादुर कुँवर घाइते भएका छन् । उनलाई उपचारका लागि डडेलधुरा अस्पतालमा पुर्‍याइएको छ ।
कैलालीको अत्तरियाबाट डोटी जाने क्रममा अटो रिक्सा दुर्घटनामा परेको बताइएको छ ।
दुई जना मृत र एक जना घाइते भेटिए पनि अटो रिक्सा भने अझै फेला नपरेकोले दुर्घटनाको कारण खुलेको छैन ।
यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।

Leave A Reply

Your email address will not be published.