बैतडी । जयपृथ्वी राजमार्गमा जीप र मोटरसाइकल एक आपसमा ठोक्किएका छन्। राजमार्ग अन्तरगत पाटन नगरपालिका-८ ज्याफुमा दिउँसो साढे ३ बजे बझाङबाट धनगढी गइरहेको से१ ज ९७९ नम्बरको जीप र विपरीत दिशाबाट गइरहेको से ७ प ६२८५ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएका हुन्।
जसमा मोटरसाइकल चालक सुर्नया गाउँपालिका ५ का ४२ वर्षीय मदन विष्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो। घाइते विष्टलाई उपचारको लागि धनगढी रेफर गरिएको छ ।
जीप र जीपचालक बझाङ बुंगल ८ का रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।