बैतडी । भीरबाट लडेर बैतडीको शिवनाथ गाउँपालिका ४ सोल्पालाका २६ वर्षिय सुरेश सिंह महता घाइते भएका छन्। महता देगडा भुमिराज मन्दिरबाट फर्किने क्रममा सोल्पाला भीरमालडेर घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो।
घाइते महताको मुख र टाउकामा चोट रहेको उनको जिल्लामा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
हिजो हाम्रो गाउँको सुदुर पक्षिमकै सबै भन्दा प्रख्यात गौरा पर्व सोल्पला को देगडा भगवती मन्दिरमा गौरा बिसर्जन या गौरा सेलाउने मेला बाट मध्य राती घर फर्कदा खेरी सेल्पखा को भिरमा लडेको खबरले सारै दुखित तुल्याएको छ ।भतिजको सिघ्र स्वास्थ लाभको श्री केदार बाबा र देगडा भगवती माता सङ प्राथना गर्दछु