दुर्गास्थान आविको वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

बैतडी । डडेल्धुराको अजयमेरु ३ मा पर्ने दुर्गास्थान आघारभुत विद्यालय गुनपालले भव्यताका साथ ५६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ। मंगलबार परेको ५६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सांस्कृतिक कार्यक्रम गरी मनाएको बिद्यालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेश सदस्य डा.तारा जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वार्षिकोत्सबमा अजयमेरु गाउँपलिका अध्यक्ष उमेश प्रशाद भट्ट विकास विशिष्ट अतिथि रहेको बिद्यालयले जनाएको छ। कार्यक्रमको अवसरमा पालिका स्तरिय सांस्कृतिक कार्यक्रम गरिएको छ।

सांस्कृतिक कार्यक्रममा बालकल्या मा वि पुईलेक प्रथम, दुर्गास्थान आवि गुनपाल द्वितीय, चन्द्रज्योति आवि धारि, तृतीय र भद्रपुर मावि भद्रपुर र भुवनेश्वरि आवि। मड सान्तोवना स्थान ल्याउन सफल भएका छन्। अभिभावक दिवस कार्यक्रममा विद्याललय नगद सहयोग गर्ने तथा अभिलेख पुस्तिकामा तिनपुस्ते नाम कायम गराउने व्यक्तीहरुलाई दोसला ओढाएर सम्मान गरिएको प्रधानाध्यापक तिर्थ पनेरुले बताए।

Leave A Reply

Your email address will not be published.