डडेल्धुराको भागेश्वरमा चितुवा मृत फेला By मेलाैली खबर On अशोज ७, २०८० बैतडी । डडेल्धुरामा चितुवा मृत फेला परेको छ। जिल्लाको भागेश्वर गाउँपालिका-४ बडुवाको जंगलमा चितुवा मृत अवस्थामा फेला परेको हो। जंगली जनावर बदेलका लागि थापिएको पासोमा चितुवा परेको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ।