मेलौलीका दुई ठाउँमा कुमारी बैंकको शाखा रहित बैंकिङ्ग सेवा बिस्तार

बैतडी । मेलौलीका दुई ठाउँमा कुमारी बैंकको शाखा रहित बैंकिङ्ग सेवा बिस्तार भएको छ। मेलौली नगरपालिका-०२ सलेना र मेलोली नगरपालिका-०९ बिशालपुरमा कुमारी बैंकको शाखा रहित बैंकिङ्ग सेवा बिस्तार भएको बिस्तार भएको जनाईएको छ।

सलेनाको उदयदेव ईलेकट्रोनिक्स सेन्टर र बिशालपुरको शिब केदार ट्रेड्स सप्लायर्समा शाखा रहित बैंकिङ्ग सेवाको जिम्मेवारी दिएको कुमारी बैंक मेलौली शाखाका प्रबन्धक नरेन्द्र सिह साउदले बताए। कुमारी बैंकले दिने सबै प्रकारका सेवा दिईने उनले बताए।

No description available.

मेलौलीमा एउटा मात्र बैकँ हुदा टाढाका सेवाग्राहीलाई सेवा लिन असहज भएकाले दुई ठाउमा शाखा रहित बैंकिङ्ग सेवा बिस्तार गरिएको जनाईएको छ। सेवाग्राहीले आफ्नै ठाउमा सेवा लिन सकुन भन्ने उदेश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा बिस्तार भएको कुमारी बैंक मेलौली शाखाले जनाएको छ।

हाल दुई वडामा मात्र शाखा रहित बैंकिङ्ग सेवा बिस्तार गरिएको बिस्तारै अरु वडामा पनि बिस्तार गरिने कुमारी बैंक मेलौली शाखाका प्रबन्धक साउदले बताए। मेलौली नगरपालिका-०४ मा प्रकृयामा रहेको समेत उनले बताए।

यसरि आफ्नै ठाउँमा बैकिङ सेवा पाउदा नागरिकहरु खुसि भएका छन। सलेना शाखबाट लक्ष्मी चन्दँले र बिशालपुर शाखाबाट निर्मला भट्टले सेवा दिने जनाईएको छ।

Leave A Reply

Your email address will not be published.