डडेल्धुराको नवदुर्गा गाउँपालिकाले हटायो करारका ७५ जना कर्मचारी

ललित बोहरा बैतडी 

डडेल्धुराको नवदुर्गा गाउँपालिका करारका सबै कर्मचारी हटाउने निर्णय गरेको छ। सोमबार बसेको कार्यपालिकाको निर्णयले ७५ जनाकै करार अवधि थप नगर्ने निर्णय गरेको नि।प्रमुख प्रशासकिय अधिकृत रवि कुमार चौधरीले बताउनुभयो ।

उनले भने, ‘करार अवधि थप नगर्ने निर्णय भएको छ मैले कारण हेर्न पाएको छैन, संख्या पनी ७४ वा ७५ नै हो।’ स्वास्थ्यकर्मी, पशु र कृषी प्राविधिक कर्मचारीहरुको करार थप नगर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ। कार्यपालिकामा दुई जना वडा अध्यक्षले नियर्णमा असहमती जनाएका छन्।

कर्मचारीहरुले आन्दोलन गर्ने जनाएका छन्। आज फेरी आकस्मीक कार्यपालिकाको निर्णय राखेको प्रमुख प्रशासकिय अधिकृत चौधरीले बताउनुभयो। कार्यपालिकाले गरेको निणर्य प्रमुख प्रशासकिय अधिकृतले स्विकृत गर्नु पर्ने हुन्छ तर प्रमुख प्रशासकिय अधिकृत चौधरील हस्ताक्षर नगरेको दाबी गरे।

४ वडा अध्यक्ष पदम बिष्टले आफ्नो वडा नै खाली भएकाले सेवा बन्द गरेको बताउनुभयो।

Leave A Reply

Your email address will not be published.