एमालेको प्रदेश अधिवेशनका लागि बैतडीबाट ६८ जना प्रतिनिधि छनौट (सुचिसहित)

बैतडी । नेकपा एमालेको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि बैतडीबाट प्रतिनिधि छनौट भएका छन्। प्रदेश कमिटिले बनाएको मापदण्डका आधारमा प्रत्येक पालिकालाई निर्वाचन क्षेत्रको आधार मानेर ६८ जना प्रदेश प्रतिनिधि छनौट गरेको हो 

एक सय सदस्य बराबर ३३ प्रतिशत महिला सहित एक जना, प्रदेश निर्वाचान क्षेत्रलाई आधार मानेर ७५ सदस्य बराबर एक जनागरी ६८ जना छनौट भएका हुन् ।

पाटन नगरपालिकाबाट ६, पुर्चौडी नगरपालिकाबाट ६, सिगास गाउँपालिकाबाट ३, सुर्नया गाउँपालिकाबाट ५, डिलासैनी गाउँपालिकाबाट ८, दोगडाकेदार गाउँपालिकाबाट ९, दशरथचन्द नगरपालिकाबाट ७, पञ्चेश्वर गाउँपाकिलाबाट २, शिवनाथ गाउँपालिकाबाट ३, मेलौली नगरपालिकाबाट पनि ३ जना प्रतिनिधि छनौट भएका हुन् ।

यसैगरी दलिततर्फ प्रदेश निर्वाचन क्षेत्र क बाट ६ र ख बाट १० जना छनौट भएका नेकपा एमालेका जिल्ला कमिटि उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए ।

पुर्चौडीमा ४ जना सदस्यका लागि खुलातर्फ निर्वाचन भएको थियो।  अन्य पालिकामा सर्बसम्मत नै प्रतिनिधि छनौट भएका हुन् ।

यहीँ असोज २१ र २२ गते एमालेको पहिलो सुदूरपश्चिम प्रदेश अधिवेशन हुन गइरहेको छ। २१ गते विधिवत रुपमा एमाले अध्यक्ष केपी सर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

 प्रदेश प्रतिनिधिहरुको सुचि

k1696412609.jpg

kh1696412600.jpg

 

Leave A Reply

Your email address will not be published.