मेलौली नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी फेरी सपना कार्कीलाई

बैतडी- बैतडीको मेलौली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सपना कार्कीलाई दिइएको छ । संघीय मामिला तथा सामान्य मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्कीलाई जिम्मेवारी दिएको हो ।
बढीमा दुर्ई महिना सम्मका लागि मात्रै कार्कीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी दिएको मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ ।
कार्की २०७८ सालदेखि मेलौली नगरपालिकामा अधिकृतस्तर छैटौं तहमा कार्यरत रहेकी छन ।नगरपालिका दुई महिना अगाडी देखी प्रमुख प्रशासकीय अधिकृत बिहिन थियो ।

Leave A Reply

Your email address will not be published.